३० असार २०८३, मंगलबार

फिल्म ‘सिग्नेचर’ ले एक दिने छलफल कार्यक्रम चलाउने

कात्तिक २०, २०७४
फिल्म ‘सिग्नेचर’ ले एक दिने छलफल कार्यक्रम चलाउने
काठमाडौं, २२ असार – वास्तविक जीवनमा आधारित चलचित्र ‘सिग्नेचर’ टिमले सकारात्मक सोचका लागि अभियान थाल्ने भएको छ । सोच नै सबै समस्याको जड कारण भन्दै ‘सिग्नेचर मुभी थिंक पोजेटिभ ग्लोबल’ नामक अभियानको आयोजना गर्ने भएको हो ।

आउँदो शनिवार अर्थात यही असार २४ गे बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म नेपाल प्रज्ञा प्रतिस्ठानमा हुन लागेको उक्त कार्यक्रम अर्किढ केयर होमको सहकार्यमा सञ्चालन हुन लागेको हो ।

एकदिने इभेन्ट कार्यक्रममा फिल्मको स्क्रिनिङ र छलफल पनि हुनेछ भने साथै कार्यक्रममा कण्डम वितरण, रक्तदान, स्वास्थ्य जाँच, काउन्सिलिङ लगायतका कार्यक्रम हुनेछन् । उक्त कार्यक्रमका आउनेका लागि टिकटमा विशेष व्यवस्था रहेको पनि जनाइएको छ ।

वास्तविक जीवनको कथा बोकेको चलचित्रले व्यक्तिमा सकारात्मक सोच र व्यवहारको प्रेरक बन्न भूमिका खेल्ने आयोजकले बताएका छन् ।

विनोद पौडेल, सन्दीप क्षेत्री, जीवनसाथी बसनेत, नम्रता सापकोटा, सरिता गिरी लगायतका कलकारको अभिनय रहेको चलचत्रिलाई सागर उद्गमले निर्देशन गरेका हुन् । साथै उक्त सिनेमामा अनुसन्धान तथा लेखन पनि सागरकै रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्