काठमाडौं, २२ असार – एन आई सी एशिया बैंकको नयाँ शाखा खडाचक्र नगरपालिकाको मान्मास्थित कालिकोटमा विस्तार गरिएको छ । खडाचक्र नगरपालिकाका मेयर श्री जसि पाण्डे तथा कालिकोट उद्योग बाणिज्य संघका अध्यक्ष श्री सुर्य बहादुर शाहीले संयुक्त रुपमा नयाँ शाखाको उद्घाटन गरेका थिए । ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । हाल यस बैंकको अधिराज्यभर ११७ शाखा कार्यालयहरु संचालनमा रहेका छन् ।