०४ असार २०८३, बिहीबार

१० मिनेट पानी पर्दा काठमाडौंमा जाम !, यी हुन् डुवानमा पर्ने सडक

कात्तिक २०, २०७४
१० मिनेट पानी पर्दा काठमाडौंमा जाम !,  यी हुन् डुवानमा पर्ने सडक
काठमाडौँ, २३ असार- उपत्यकामा करिब १० मिनेट ठूलो पानी पर्दा ट्राफिक व्यवस्थापनमा कठिनाइ हुने गरेको छ । फुटेका र जाम भएका ढलका कारण पानी सडकमै जम्मा हुँदा ट्राफिक जाम हुने गरेको छ ।jam

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार १० मिनेट मुुसलधारे पानी प-यो भने करिब २५% ट्राफिक समस्या थपिन्छ ।

पुतलीसडक, जमल, थापाथली, त्रिपुरेश्वर, चुच्चेपाटी, चाबहिल, मित्रपार्क, गोपीकृष्ण, बालाजु, तिनकुने, कलंकीदेखि नागढुंगासम्मको सडक,भोटेबहाल र मैतीदेवी क्षेत्र धेरै डुबानमा पर्ने खडकखण्ड भएको ट्राफिक प्रहरी महाशाखाका प्रहरी निरीक्षक मधुुसुदन सिलवालले बताए ।
‘सडक डुबानमा परेपछि मोटरसाइकल तथा साना सवारीसाधन खाल्डोखुल्डीमा पर्ला भनेर त्यो बाटोको प्रयोग गर्दैनन्,’ सिलवालले भने, ‘त्यसले थप ट्राफिक समस्या निम्त्याउँछ ।’ ढलको सरसफाइ र मेलम्चीको समस्या समाधान नभएसम्म यो समस्याबाट चाँडै छुटकारा नपाइने उनले बताए ।
मेलम्चीको पाइप ओछ्याउन उपत्यकामा २५ देखि ३० ठाउँमा खनेका ठुल्ठूला खाल्डाले झन् समस्या आएको ट्राफिक महाशाखाले जनाएको छ । खाल्डामा पानी जम्मा भएपछि सवारीचालकले अर्को रुट प्रयोग गर्दा जाम बढ्ने र त्यसको असर सबैतिर पर्ने गरेको प्रहरी निरीक्षक सिलवालले बताए ।

salt training

कमेन्ट गर्नुहोस्