०४ साउन २०८३, सोमबार

इटहरीको नेतृत्व एमालेको पोल्टामा, द्वारिकलाल चौधरी मेयरमा विजयी

कात्तिक २०, २०७४
इटहरीको नेतृत्व एमालेको पोल्टामा, द्वारिकलाल चौधरी मेयरमा विजयी

सुनसरी, २३ असार– प्रदेश नम्बर १ को सम्भावित राजधानी सुनसरीको इटहरी शहरको नेतृत्वको एमालेको पोल्टामा गएको छ ।

इटहरी उपमहानगरपालिकाको मेयर र उपमेयरमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

इटहरीको मेयरमा एमाले उम्मेदवार द्वारिकलाल चौधरी २२ हजार ४ सय १२ मत ल्याएर विजयी भएका छन् । चौधरीका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रोहित प्रसाईले १९ हजार ९ सय ८५ मत पाएका छन् ।

इटहरीको उपमेयरमा पनि एमालेकै लक्ष्मी गौतम २१ हजार १ सय ४२ मत ल्याएर विजयी भएकी छन् । उनकटी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी विमला ढकालले १८ हजार ३ सय ५२ मत पाइन् ।

salt training

कमेन्ट गर्नुहोस्