०५ असार २०८३, शुक्रबार

७१ वर्षका भए पूर्वराजा, निर्मल निवासमा घुइँचो, सोल्टी होटमा रात्री भोज

कात्तिक २०, २०७४
७१ वर्षका भए पूर्वराजा, निर्मल निवासमा घुइँचो, सोल्टी होटमा रात्री भोज
काठमाडौं, २३ असार– पूर्व राजा ज्ञानेन्द्र शाहले आज आफ्नो ७१ औं जन्मदिन मनाउँदै छन् । उनको जन्मदिनको अवसरमा शुभकामना दिनेहरुको लर्को लागेको छ ।

निर्मल निवासमा पूर्व राजालाई शुभकामना दिनमा मानिसहरु भेला भएका हुन् । ११ बजेको साइतबाट शुभकामना ग्रहण गर्न ज्ञानेन्द्र निर्मल निवासको प्रांगढमा उपस्थित भएपनि उनलाई शुभकामना दिन शुभचिन्त, शुभेच्छुक बिहानै निर्मल निवास पुगेका थिए ।

पूर्व राजालाई शुभकामना दिनका लागि जीवन कुञ्जमा भेलाभएका शुभचिन्तक बाजागाजा र सांस्कृतिक झाँकीसहित साढे १० बजे निर्मल निवास पुगेका थिए ।

उनको जन्मोत्सव मनाउनका लागि यसपटक पूर्वराजदूत रामभक्त पीवी ठाकुरको संयोजकत्वमा नागरिक शुभजन्मोत्सव मूल समारोह समिति गठन गरिएको छ ।

जन्मदिनको अवसरमा ज्ञानेन्द्रले आज साँझ सोल्टी होटलमा रात्रिभोजको आयोजना गरेको उनको निजी सचिवालयले जनाएको छ ।

ज्ञानेन्द्रको जन्म २००४ साल असार २३ गते सोमबार भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्