माघ १५, २०८०
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
चैत ४, २०७८
साउदी अरब र अमेरिकाबीच सम्बन्ध अस्थिर भइरहेको बेलामा साउदीले विश्व अर्थतन्त्रमा डलरको प्रभुत्व अन्त्य गर्ने प्रक्रियालाई अघि बढाउन खोजेको देखिएको छ ।
सञ्चारमाध्यमहरूमा हालै प्रकाशित रिपोर्टहरूमा साउदी सरकारले चिनियाँ मुद्रा युआनमा तेलको कारोबार गर्न चाहेको उल्लेख छ । यो अमेरिकाको आर्थिक शक्तिका लागि ठूलो धक्का हुनेछ किनकि अमेरिकाको वित्तीय सुरक्षाको आधार नै पेट्रोडलर हो ।
मंगलवार (मार्च १५) मा द वाल स्ट्रीट जर्नलमा प्रकाशित एक लेखमा रियादले डलर मापदण्डको साटो चिनियाँ युआनमा तेलको मूल्य निर्धारण र कारोबार गर्ने विषयमा विचार गरिरहेको उल्लेख गरिएको छ । विगत ६ वर्षदेखि मूल्य निर्धारणसम्बन्धी यस्तो योजना बनिरहेको भए पनि बाइडन प्रशासनले साउदी अरबमाथि दिएको कठोर दबाबका कारण साउदीले युआनमा कारोबार गर्ने विषयलाई गम्भीरतापूर्वक विचार गर्न थालेको छ ।
वाल स्ट्रीट जर्नलले एक साउदी सूचनादातालाई उद्धृत गर्दै लेखेको छ, ‘परिस्थिति नाटकीय रूपमा परिवर्तन भएको छ । साउदीहरूसँग अमेरिकाको सम्बन्ध बदलिएको छ । चीन संसारको सबभन्दा ठूलो कच्चा तेल आयातक हो र चिनियाँहरूले साउदीलाई लोभलाग्दा प्रस्तावहरू गरेका छन् । साउदीलाई चाहिने सबै कुरा चीनले दिने भनिरहेको छ ।’
वित्तीय बजारमा यस खबरको प्रभाव तत्कालै परेको छ । एसियाली बजारमा डलरको तुलनामा विदेशमा सञ्चित युआनको मूल्य ह्वात्तै बढेको छ । यसले गर्दा चिनियाँ मुद्रामा लगानी गरिने अपेक्षाहरू पनि बढेका छन् ।
आगामी दिन र हप्ताहरूमा यसको प्रभाव झनै बढ्ने अपेक्षा छ किनकि अहिलेको तनाव र द्वन्द्वको परिस्थितिमा डलरको प्रभुत्व अन्त्यका लागि साउदीसँग उम्दा अवसर छ । पश्चिमको ध्यान अर्कोतर्फ केन्द्रित भएको बेलामा साउदीले विशाल स्तरको अन्तर्राष्ट्रिय प्रतिबन्धको प्रतीक्षा नगरी गैरडलरीकरण (डिडलराइजेसन) सम्बन्धी आर्थिक उपाय अपनाउने अवसर पाएको छ ।
वास्तवमा साउदीको यो कदम रोचक देखिन्छ र यसको रणनीतिक मूल्य पनि उच्च छ । साउदी तेल निर्यातको एक चौथाइभन्दा बढी भाग चीनले किन्ने गरेको छ ।
सन् २०१८ देखि चीनले रेनमिनबीमा मूल्य निर्धारण हुने गरी सम्झौता गर्न साउदीलाई प्रस्ताव गर्दै आएको छ । दुवै देशले यस विषयमा सहकार्यलाई बढाएका छन् । उदाहरणका लागि, साउदीको सरकारी तेल कम्पनी अरामकोले उत्तरपूर्वी चीनमा नयाँ तेल प्रशोधन केन्द्र बनाउनका लागि सहयोग गर्ने बताएको छ । त्यहाँ दिनको तीन लाख ब्यारल तेल उत्पादन हुन सक्छ ।
बेइजिङले रियादलाई बेल्ट यान्ड रोड इनिसिएटिभको महत्त्वपूर्ण ऊर्जा साझेदारका रूपमा लिएको छ । रियादले नाफामूलक अल्पकालीन लगानीका लागि बीआरआई राम्रो अवसर भएको ठानेको छ । यसअर्थमा युआनलाई तेल कारोबारको मुद्रा बनाउँदा दुई देशबीच थप सहकार्यको वातावरण बन्नेछ जसले दुवै पक्षलाई लाभ दिनेछ । यसले डलरमा विश्वको निर्भरतालाई घटाउन पनि मद्दत गर्नेछ ।
तर यसबाट प्रत्यक्ष आर्थिक हित हुने भए पनि यसको गहिरो भूराजनीतिक पक्षलाई बेवास्ता गर्न मिल्दैन । अमेरिकाको बहालवाला प्रशासनले साउदी अरबविरुद्ध अहिलेसम्मकै सबभन्दा नकारात्मक अडान लिएको छ । सन् २०२१ मा बाइडनले यमनमा साउदीको युद्धलाई दिइएको सहयोग रोकेका थिए । तर अमेरिकाको हतियार उद्योगले उनलाई निर्णयमा अडिग रहन दिएन ।
बाइडनले मानवीय तथा उदारवादी विचारधारात्मक अडान लिने गरेका छन् । त्यसले गर्दा उनलाई अलोकतान्त्रिक सरकारसँग सहमति गर्न तथा हूतीहरूविरुद्धको हिंस्रक युद्धमा साथ दिनबाट पनि रोक्छ ।
अनि उनलाई आफ्नो लोकतान्त्रिक सिद्धान्त परित्याग गर्नुपर्ने बाध्यता पनि कहिलेकाहीँ आइलाग्छ । जस्तो, युक्रेनको निरंकुश शासनलाई समर्थन गर्न उनी बाध्य छन् । त्यसैले उनले विश्वमा लोकतन्त्रको प्रतिरक्षकका रूपमा आफ्नो छवि कायम गर्न कम रणनीतिक महत्त्वको मुलुकलाई तारो बनाउनुपर्ने हुन्छ । त्यसका लागि उनले साउदी अरब छाने ।
अहिले संसार अनेकौं तहमा बहुध्रुवीयतातर्फ बढिरहेको छ । त्यसमा आर्थिक र वित्तीय बहुध्रुवीयता पनि पर्छ । रुसलाई अन्य मुलुकले बहिष्कार गरेको भए पनि चीन मस्कोसँगको साझेदारीलाई सम्भव भएसम्म थप बढाउन चाहन्छ । यस्तो अवस्थामा पश्चिमले बेइजिङविरुद्ध बाध्यकारी उपायहरू कार्यान्वयन गर्न सक्ने सम्भावना छ ।
नयाँ बजारमा प्रवेश गर्नका लागि साउदी अरबले यस अवसरलाई छोप्न खोजेको छ । तेलको मूल्य युआनमा निर्धारण गरिएमा चीन तथा बीआरआईका सदस्य र ब्रिक्स समेत चीनका सहयोगी मुलुकहरूको स्वार्थ पूरा हुन्छ । यसअर्थमा गैरडलरीकरण बहुकेन्द्रीय विश्व निर्माणको प्राकृतिक परिणाम हो । पूर्वी युरोपमा भइरहेका घटनाले त्यसलाई गति दिइरहेका छन् ।
यस्तो विश्वव्यापी परिदृश्य निर्माण भइरहेको बेलामा पश्चिमसँग अब एउटै विकल्प छ । बहुध्रुवीय विश्व व्यवस्थाभन्दा अघि विनिमय मुद्राका विभिन्न मापदण्डहरू बन्ने गर्छन् र अमेरिकी डलरप्रतिको निर्भरताको गुञ्जायस रहन्न भन्ने कुरा पश्चिमले बुझ्नैपर्छ ।
अब अन्तर्राष्ट्रिय कारोबारमा डलर अपरिहार्य नभई अन्य मुद्रा जस्तै एक मुद्राका रूपमा सीमित रहने पक्का छ । उसले युआनसँग मात्र नभई अन्य मुद्रा तथा क्रिप्टोकरेन्सी जस्ता डिजिटल एसेटहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।
वाशिङटनले भविष्यमा रियादसँग सुसम्बन्ध पुनः कायम गर्ला तर गैरडलरीकरणको प्रक्रियालाई उसले रोक्न सक्दैन ।
साउथफ्रन्ट डट्ओआरजीमा प्रकाशित भूराजनीतिक परामर्शदाता लुकास लेरोजको विश्लेषणलाई लोकान्तरका लागि विन्देशदहालले अनुवाद गरेका हुन् ।
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...