१८ असार २०८३, बिहीबार

भरतपुर प्रकरणको मुद्दा हेर्दा हेर्दैमा, अर्को पेशी २६ गतेलाई

कात्तिक २०, २०७४
भरतपुर प्रकरणको मुद्दा हेर्दा हेर्दैमा, अर्को पेशी २६ गतेलाई
काठमाडौं, २३ असार - भरतपुर प्रकरणको मुद्दा हेर्दा हेर्दैमा राखिएको छ । आज भरतपुर मुद्दाको सुनुवाई गरेका न्यायाधीशहरु मिरा खड्का र अनिलकुमार सिन्हाले सो मुद्दालाई हेर्दा हेर्दैमा राखेका हुन् ।

अर्को पेशी असार २६ गतेका लागि तोकिएको छ । चितवनको भरतपुर महानगरपालिकामा मतगणना चलिरहेको बेलामा माओवादी प्रतिनिधिहरुले मतपत्र च्यातेका थिए । त्यसपछि निर्वाचन आयोगले भरतपुरको १९ नम्बर वडामा फेरि मतदान गराउने निर्णय गरेको थियो ।

निर्वाचन आयोगको निर्णय चित्त नबुझेपछि एमाले उम्मेदवार अदालत गएका थिए । सोही विषयमा फेरि निर्वाचन गर्ने कि मतगणना जारी राख्ने भन्ने विवादमा अदालतमा सुनुवाई भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्