२३ जेठ २०८३, शनिबार

चीनमा देवताहरूले गरे विमानको बिजनेस क्लासबाट यात्रा !

कात्तिक २०, २०७४
चीनमा देवताहरूले गरे विमानको बिजनेस क्लासबाट यात्रा !

काठमाडौं, २३ असार — अहिलेसम्म त तपाईंले मानिसहरूलाई विमानको बिजनेस क्लासमा यात्रा गरेको देख्नुभएको होला । तर चीनमा चाहिँ देवताहरूले बिजनेस क्लासको यात्रा गरेका छन् ।


एक सांस्कृतिक समारोहमा देवताका तीन प्रतिमालाई चीनबाट विमानमा हालेर मलेसिया तथा सिंगापुर लगिएको थियो । उनीहरूका लागि ९२१ डलर खर्च गरेर बिजनेस क्लासको टिकट किनेर रिजर्भेसन गराइएको थियो । मानिस जस्तै गरी देवताहरू प्लेनमा बसेको देख्दा सबै छक्क परे ।

अन्तर्राष्ट्रिय विमानस्थलमा देवताहरू उत्रेपछि अनौठो दृश्य बन्न पुग्यो । एयरपोर्टमा जम्मा भएका मानिसले प्रतिमाका साथ तस्वीर खिचाए । यी भगवान् सामाजिक सञ्जालमा हिट भए ।

यी देवताहरूको जन्मस्थान चीनको फुजान प्रान्तस्थित एक मन्दिर हो । चीनका समुद्र देवता माजूका प्रतिमा हुन् यी । प्रतिमाको लम्बाइ १.८ मिटर छ । यिनलाई माझी र बोटेहरूको देवता मानिन्छ ।

अन्य दुई प्रतिमाहरू किआनलिआन तथा शुनफेंगरका हुन् जसलाई देवताहरूको अभिभावक मानिन्छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्