×

देशका विभिन्न स्थानमा डुबेर ६ जनाको मृत्यु

चैत ५, २०७८

देशका विभिन्न स्थानमा डुबेर ६ जनाको मृत्यु भएको छ । 

कञ्चनपुर, पुनर्वास नगरपालिका-११ डोके बजार बस्ने करन बुढा मगरकी छोरी १२ वर्षीया शर्मिला मगरको घर नजिकै रहेको मोहना नदीमा डुबेर शुक्रबार दिउँसो मृत्यु भएको छ । नदीमा नुहाउने क्रममा डुबेर बेहोस भएकी उनको उपचारको लागि प्रादेशिक अस्पताल धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।


Advertisment

रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१२ स्थित डण्डा खोलामा पौडी खेल्ने क्रममा डुबेर सोही नगरपालिका-७ भैरहवागाउँ बस्ने बिश्वनाथ ढाडीको छोरा १४ वर्षीय आदित्य ढाडीको शुक्रवार दिउँसो मृत्यु भएको छ । 


Advertisment

डुबेर अशक्त भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । 

बैतडी, पञ्चेश्‍वर गाउँपालिका-४ कैनपानी बस्ने २३ वर्षीया भागरथी चन्द घर नजिकै सिँचाइको लागि बनाएको पानी पोखरीमा डुबेर शुक्रबार दिउँसो मृत्यु भएको छ ।

पाल्पा, तिनाउ गाउँपालिका-३ स्थित भुतखोलामा डुबेर रूपन्देही बुटवल उपमहानगरपालिका-८ बस्ने १८ वर्षीय प्रसन्न पोखरेलको शुक्रबार दिउँसो मृत्यु भएको छ ।

हातमुख धुने क्रममा डुबी बेपत्ता भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले उद्दार गरी प्रादेशिक अस्पताल बुटवल पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

कपिलवस्तु, बुद्धभूमि नगरपालिका-५ प्रेमनगरस्थित सोना इँटाभट्टामा पानी जम्मा गर्न बनाएको खाडलमा डुबेर सोही भट्टामा काम गर्ने भारत घर भएका जोगेन्द्र केवटको छोरा १८ महिनाको अरुन केवटको शुक्रबार राति मृत्यु भएको छ । खाडलमा डुबेर अशक्त भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

धादिङ, धुनिबेशी नगरपालिका-१ छत्रेदेउराली बस्ने पञ्चराम तामाङको छोरा ९ वर्षीय रवि तामाङको सोही ठाउँस्थित घट्टेखोलामा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ । 

पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको मनमोहन अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

x