२३ असार २०८३, मंगलबार

प्रकाश सपुतले सच्याए ‘पीर’को दृश्य, भने- थप राजनीतिकरण र अतिरञ्जित नगरौँ है

प्रकाश सपुतले सच्याए ‘पीर’को दृश्य, भने- थप राजनीतिकरण र अतिरञ्जित नगरौँ है

कलाकार प्रकाश सपुतले ‘पीर’ म्यूजिक भिडियोको विवादास्पद दृश्य हटाएर भिडियो पुनः यूटयुबमा अपलोड गरेका छन् । 

म्युजिक भिडियो सच्याएपछि सामाजिक सञ्जाल फेसबुकमा स्टेटस लेख्दै सर्जक सपुतले ‘पीर’ले धेरै कुरा सिकाएको बताएका छन् । 

उनले भनेका छन्, ‘पीरले सफलता मात्रै होइन धेरै कुरा सिकाएको छ । सचेत गराएको छ । तथ्यपरक सिर्जना गर्दा त्यसलाई नेपाली दर्शकस्रोता, सम्बन्धित कथा पात्रले चित्रण गर्ने समूह/समुदाय र समग्र समाजको कस्तो दृष्टिकोण रहन्छ भन्ने कुराको हेक्का राख्नुपर्ने चेत गराएको छ ।’

उनले कसैको आत्मसम्मान र सर्जकको इमान्दारितालाई मनन गर्दै आफ्नो प्रतिक्रिया दिन पनि अनुरोध गरेका छन् । उनले लेखेका छन्, 'थप राजनीतिकरण र अतिरञ्जित नगरौ है त ।'

 

salt training

कमेन्ट गर्नुहोस्