०५ असार २०८३, शुक्रबार

बुद्धको दर्शन प्रवर्द्धन गर्न काठमाडौँ महानगरको लगानी

बुद्धको दर्शन प्रवर्द्धन गर्न काठमाडौँ महानगरको लगानी

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बुद्ध विहार उद्घाटन गरेका छन् । महानगर अन्तरगतको वडा २८ बागबजारमा रहेको बुद्ध विहार पुनःनिर्माणका लागि महानगरले २०७६ साउन ३२ गते १ करोड रुपैयाँ र २०७७ माघ २४ गते थप ७० लाख रुपैयाँ अनुदान दिएको थियो । महानगरले उपलब्ध गराएकोबाहेक अन्य रकम दाताहरुबाट प्राप्त गरेर वुद्ध विहार पुनःनिर्माण गरिएको हो। 

यो रकमबाट ८ हजार ५ सय ५७ वर्ग मिटर क्षेत्रफलमा विहार निर्माण भएको हो । नवनिर्मित बिहार नेपाली शैलीमा ३ तलाको छ । भवनमा एउटा धर्म सभा हल, ध्यान सभा हल, पूजा कोठासहित कोठा, पुस्तकालय र आवासीय प्रयोजनमा ल्याउन सकिने ३ वटा कोठा छन् । २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएको विहार पुननिर्माणका लागि २०७५ साल बैशाख १० गते शिलान्यास गरिएको थियो । 

उद्घाटनपछि बोल्दै मेयर शाक्यले, वुद्ध दर्शनसँग सम्बन्धित गतिविधिका लागि महानगरले लगानी गरिरहेको बताए । 


 

salt training

कमेन्ट गर्नुहोस्