२३ असार २०८३, मंगलबार

साप्ताहिक  राशिफल :  चैत ६ देखि १२ गतेसम्म कुरा राशि भएकाहरुको भाग्य कस्तो रहला ?

साप्ताहिक  राशिफल :  चैत ६ देखि १२ गतेसम्म कुरा राशि भएकाहरुको भाग्य कस्तो रहला ?

मेष

यो हप्ता आफ्नो अधिकांश समय द्रव्य प्राप्तिको कर्ममा खर्च गरिनेछ  । परिवार र वित्त सम्बन्धित कार्यहरूमा पनि सफलता मिल्न सक्ला ।  सकारात्मक सोचले राम्रो परिणाम ल्याउन मद्दत मिल्नेछ । कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ, पुराना कामहरु यो हप्ता नै सम्पन्न हुन सक्ने समय रहेको छ । नयाँ जिम्मेवारी पाइएला । उत्साहपूर्ण रहला ।

वृष

घर बाहिर निक्लनुपूर्व मौसमको जानकारी लिनुहोला । यात्रा कस्टकर हुन सक्ला ।  नजिकको नातेदारबाट हजुरलाई यो हप्ता आर्थिक सहयोग मिल्नेछ । आयआर्जन हुने समय छ , यात्राको संभावना  रहन्छ, नउठ्ने पैसा उठेर मनमा कता कता हर्ष छाउनेछ । आस मारेको कामले उत्साह जगाउनेछ। तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् ।

मिथुन

यो हप्ता व्यापार-गतिविधिहरुमा  केहि अनुकूल परिणाम मिल्ला ।  प्रयास गर्नाले आफ्नो मान सम्मानमा  वृद्धि देखिएको छ  । मिडिया र इन्टरनेटबाट आफ्नो जनसम्पर्कमा बृद्दी देखिनेछ ।  काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ, मन हर्षित रहला ।

कर्कट

स्वास्थ्यमा केही समस्या रहनेछ, आफ्नो काम पुरा गराउनको लागि आफु अपमानित रहनु पर्ला । ब्यापारमा कार्य सिद्ध गर्न एक व्यक्तिको सहयोगको आवश्यकता रहन्छ ।  स्वास्थ्यका लागि खानामा ध्यान पुर्याउनुहोला, धनको नाश हुनसक्छ, साथै प्रेममा पनि धोका होला । सानातिना काममा महत्वपूर्ण समय बित्नेछ । 

सिंह

यो हप्ता नकारात्मक बोझसंग आफैलाई  कमजोरहीन नसोच्नुहोला ।  समय आफैलाई बुझ्न र अनुहारको वास्तविकता दर्शाउने समय रहन्छ । सत्यको जीत हुनेछ र हजुरको मनमा  शान्तिको अनुभव हुनेछ । यो हप्ता कुनै पनि नयाँ काम नथाल्नु होला, टाढाको यात्रा हुनेछ, लेनदेको काम पनि नगरेकै बेश होला ।

कन्या

पेसासँग सम्बन्धित  खुल्लम खुल्ला कुरा आफ्नो मत र विचार राख्दा धनलाभको संकेत मिलेको छ । आफन्तसंग वरिष्ठसँग  र सहयोगिहरुसँग राम्रो सुखको वार्तालाप हुन सक्ला । आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ, स्वास्थ्य  कमजोर रहन्छ, सोचेको काम समयमै सम्पन्न नहोला ।

तुला

यो हप्ता मिठो भोजनले मनमा हर्सको अनुभव गर्ला ।  आफ्नो आत्मविश्वासलाई केन्द्रित गर्दा सबैजनासँग सुखको फल मिल्नेछ । प्रेमलाई बुझ्न र आदरको भावना  प्रप्त गर्न घरबाट बाहिर निक्लनु होला । पारिवारिक आवश्यकता पूर्ति होला । श्रमको उचित मूल्यांकन हुनेछ ।

वृश्चिक

यो हप्ता चिन्ताले  सताउन सक्ला । घरमा र काम गर्ने सस्थामा  समस्या पैदा हुनसक्ला ।  साथी भाइसँग  धेरै समय बर्बाद नगर्नुहोला नत्र  पछुताउनु पर्ला । घरमा पाहुना आगमनको समय छ, धनको लाभ  होला । साथै रमाइलो यात्राको पनि योग रहेको छ ।

धनु

सकारात्मक बिचारले हजुरलाई धेरै कुरामामा राम्रो बनाउनेछ र आफ्नो लागि केहि लायक र केहि राम्रो सफलता मिल्नेछ । जीवनशैलीमा राम्रो सकारात्मक परिवर्तनले राम्रो नतीजा प्राप्त हुनेछ । गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला । महत्वाकांक्षी योजना फलीभूत होलान् । काममा मातापिताको सहयोग प्राप्त होला ।

मकर

स्वास्थ्य राम्रो हुनेछ, तर केही प्रकारको मनमा असुविधा रहन सक्छ । यो हप्ता भविष्यको बारेमा अधिक  छलफल गर्नुहुनेछ र केहि योजना पनि बनाउनु हुनेछ ।  सहयोगीहरूको साथ दिए पनि काम पूरा नहुने समय छ । चुनौतीहरूसँग सम्झौता गराउन सक्छ । तापनि, प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ ।

कुम्भ

आफ्नो जोडीलाई  पूर्ण विश्वास गर्नु होला नत्र विवाद धेरै नै चुलिन सक्नेछ । कार्यालयको हकमा तपाईं   पूर्णतया खुसि हुनुहुनेछ र केही आर्थिक लाभ पनि प्राप्त गर्नुहुनेछ ।  स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ । परिस्थितिले अप्ठ्यारो सिर्जना गर्न सक्छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ ।

मीन

यो हप्ता कामबारे सम्बन्धित मुद्दाहरूमा तपाईं  चिन्तित रहनु पर्ला  । मदतको लागि नजिकको मित्रसँग सम्पर्क राख्नु होला  । समय अनुकूल बनाउनको लागि कुनै पनि साथी-सम्बन्धित निर्णयहरूलाई स्वीकार गर्नु होला । लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । सुखद समाचार सुन्न पाइनेछ ।

ज्यो. पं.  घनश्याम पोख्रेल  (९८४१४७९७०७)

[email protected]

salt training

कमेन्ट गर्नुहोस्