२२ जेठ २०८३, शुक्रबार

अजिंगरले निल्दै थियो बाख्रो, तर निकालियो (भिडियोमा हेर्नुस्)

कात्तिक २०, २०७४
अजिंगरले निल्दै थियो बाख्रो, तर निकालियो (भिडियोमा हेर्नुस्)
तपाईले अजिंगर देख्नु भएको छ ? सायद छैन होला । नेपालमा यति ठूला खालका अजिंगहरु विरलै पाइन्छन् । यी अजिंगर यति विशाल हुन्छन् कि एउटामा जनावरलाई सिंगै निल्ने क्षमता राख्छन् ।

भारतमा यस्तै घटना घटेको छ । जहाँ एक अजिंगरले बाख्रोलाई निलेको छ तर मानिसहरुले अजिंगरको पेटमा लगभग छिरिसकेको बाख्रोलाई निकालेका छन् ।

मध्य प्रदेशको सागर जिल्लाको ढानास्थित जैतपुर गाउँमा एक विशाल अजंगिरका कारण हंगामा भएको छ । १५ फिट लामो अजिंगरले एउटा बाख्रोलाई निलेको छ ।

यो विशाल अजिंगरबाट डराएका गाउँलेहरुले वन विभागलाई यसको खबर गरे । केही क्षणमा वन विभागको एक टोली सर्पलाई नियन्त्रणमा लिनका लागि सपेरालाई लिएर आए । अकील बाबा नाम भएका ती व्यक्तिले त्यति ठूलो सर्पलाई नियन्त्रणमा लिए । यो सवै हेर्नका लागि त्यहाँ हजारौ मानिस जम्मा भएका थिए । मानिसको भीडबाट बच्नका लागि अजिंगर एक खाल्डोमा पसेको थियो । तर अजिंगरलाई निकालियो ।

अजिंगर बाख्रो खान लागेका कारण सुस्त भएको थियो ।

१५–१६ फुटको एक अजिंगर बाख्रोलाई निलिरहेको देखेर मानिसहरु हैरान भएका थिए । यो सर्प यति ठूलो थियो की जसले १०–१२ वर्षको बालबालिकालाई निल्न पनि सक्थ्यो ।

अजिंगरलाई नियन्त्रणमा लिएसँगै उसले निल्दै गरेको बाख्रालाई निकालिएको छ । निल्दै गरेको अजिंगरको शरीरमा डोरिले बाधेर बाख्रा ओकल्न बाध्य बनाइएको थियो ।

बाख्रोलाई निकालिएपछि अजिंगरलाइए घना बन क्षेत्रमा लगेर छोडिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्