०६ असार २०८३, शनिबार

सरकारले किन्यो आठ हजार मेट्रिक टन धान

चैत ६, २०७८
सरकारले किन्यो आठ हजार मेट्रिक टन धान

प्रधानमन्त्री कृषि  आधुनिकीकरण  परियोजनाले सहकारीमार्फत   हालसम्म   आठ हजार १९२ मेट्रिक टन धान खरिद गरेको छ ।

चालू     आर्थिक     वर्षमा सरकारले     तोकेको     न्यूनतम समर्थन मूल्यका आधारमा विभिन्न जिल्लाबाट   उक्त   धान   खरिद गरिएको   परियोजनाका   सूचना अधिकारी  हिक्मतकुमार  श्रेष्ठले बताए ।  

झापा,   सुनसरी, चितवन, मकवानपुर, बारा, रौतहट, रुपन्देही   र   बर्दिया   जिल्लाका गाउँपालिका  तथा  नगरपालिकाका किसानबाट  सहकारीमार्फत  धान खरिद  गर्ने  काम  भएको  उनले जानकारी दिए ।

कतिपय  ठाउँमा  अझै  खरिद गर्ने  कार्य  जारी  रहेको  बताउँदै उनले  सरकारले  निर्धारण  गरेको न्यूनतम   समर्थन   मूल्यमा   धान खरिद  गर्ने  सहकारीलाई  सरकारले खरिद  गरेको  धानको  भण्डारण, सुरक्षा र प्याकेजिङलगायतका खर्च व्यवस्थापनका  लागि  अनुदान  दिने गरेको   बताए ।  

सरकारले चालू  आर्थिक  वर्षका  लागि  मोटा धानको  प्रतिक्विन्टल  मूल्य  दुई हजार   ७५२   रुपियाँ   र   मध्यम किसिमको धानको मूल्य दुई हजार ९०२ रुपियाँ तोकिएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्