१२ साउन २०८३, मंगलबार

गोविन्दराज जोशीमाथिको कारबाही फिर्ता लिन माग

गोविन्दराज जोशीमाथिको कारबाही फिर्ता लिन माग

नेपाली काँग्रेस भानु नगर कार्यसमितिले पार्टीका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीमाथि केन्द्रीय कार्यसमितिले गरेको कारवाही फिर्ताको माग गरेको छ ।

 भानु नगरसमितिका सभापति रामकुमार श्रेष्ठको अध्यक्षतामा शनिबार बसेको बैठकले जोशीमाथिको कारबाही फिर्ता गर्न माग गरेको हो । 

बैठकले जोशीसहितका कार्यकर्ता असन्तुष्टि भई पार्टीभन्दा बाहिर बस्दा पार्टीलाई क्षति भइरहेकाले कारबाही फिर्ताका लागि प्रदेश, क्षेत्र र जिल्ला कार्यसमितिलाई सिफारिस गर्ने निर्णय गरेको छ । गत प्रतिनिधिसभा निर्वाचनमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएपछि केन्द्रीय समितिले जोशीलाई कारबाही गरेको थियो । यसयता जोशीले स्वतन्त्ररूपमा आफ्ना गतिविधि सञ्चालन गर्दै आएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्