
दोलखाको भीमेश्वर नगरपालिका–२ राम्पाका लालकृष्ण थामी जताततै पाइने पिपिरीको पातबाट विभिन्न किसिमका साङ्गीतिक धुन निकाल्छन् ।
उनी आफूसँग भएको यो सीप कतै पनि नबिक्दा सारै दुःखित छन् ।
तीस वर्ष यसै सीपमा व्यतित गरेका लालकृष्ण आफ्नो सुरिलो स्वर जस्तो जीवन बन्न नसकेकोमा दुःख लागेको बताउँछन् ।
सानोमा गाई बस्तु चराउन जाँदा पिपिरीको पातबाट ध्वनि निकाल्न मात्र सिकेको र सबै किसिमका गीतका भाका टिपेर बजाउन भने भुटानबाट सिकेको उनले बताए ।
गाउँमा जीवनयापन गर्न गाह्रो भएपछि उनी १६ वर्षको उमेरमा भुटान गएका थिए ।
छ वर्ष त्यहाँ बस्दा पूर्वेली राई, लिम्बूले पातबाट विभिन्न भाकाका गीत सुसेलेको देखेपछि त्यसैबाट प्रभावित भएर आफैँले कडा अभ्यास गरेर सिकेको हुँ, उनले भने। गोरखापत्र दैनिकमा बाबुराम शर्माले खबर लेखेका छन् ।