११ असार २०८३, बिहीबार

गृहनगरमा भतिजाले जोगाए ओलीको इज्ज्तत

कात्तिक २०, २०७४
गृहनगरमा भतिजाले जोगाए ओलीको इज्ज्तत

झापा, २३ असार– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

झापाका अन्य स्थानमा अपेक्षित परिणाम ल्याउन नसकेपछि ओलीको गृहनगर दमकको प्रमुखमा भने एमाले उम्मेदवार विजयी भएका छन् ।

नेकपा एमालेका उम्मेदवार रोमनाथ ओली १० हजार ८०६ मत ल्याएर दमकको मेयरमा विजयी भए । उनका निमटमत प्रतिद्वन्द्वी राप्रपाका राम थापाले ७६५५ मत प्राप्त गरे । नेकपा माओवादी केन्द्रका गगन पुरीले ६८९८ मत पाउँदा नेपाली कांग्रेसका ढुण्डीराज पोखरेलले ५५३९ मत ल्याए ।

एमाले नेताहरुका अनुसार दमकको मेयरमा विजयी रोमनाथ नाताले एमाले अध्यक्ष केपी ओलीका भतिज हुन् । 

दममको मतगणनामा माओवादी केन्द्रका पुरीले सुरुवाती अग्रता लिएका थिए । त्यसपछि राप्रपाका उम्मेदवार थापाले एमालेका ओलीलाई कडा टक्कर दिएका थिए ।


उपमेयरमा पनि एमालेकै गीता अधिकारी १२ हजार ६२५ मत ल्याएर विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार रेगिना भट्टराईले ८९१२ मत ल्याइन् । राप्रपाकी रिता बस्नेतले ४४९८ मत पाउँदा नेकपा माओवादी केन्द्रकी शान्ति धिमालले ४३७४ मत ल्याइन् ।

१५ स्थानीय तह रहेको झापामा एमालेले दमकसहित ६ स्थानीय तहमा जीत हासिल गरेको छ । झापाको मेची नगर र अर्जुनधारा नगरपालिकाको अन्तिम मतपरिणाम आउन बाँकी छ ।

salt training

कमेन्ट गर्नुहोस्