१८ असार २०८३, बिहीबार

पोखरीमा डुबेर २ युवकको मृत्यु

पोखरीमा डुबेर २ युवकको मृत्यु

महोत्तरीको मटिहानी नगरपालिका–७ स्थित पोखरीमा पौडी खेल्ने क्रममा एक युवकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा  मुखियापट्टी मुसरनियाँ गाउँपालिका–३ का १८ वर्षीय सुमन ठाकुर छन् । 

सो पोखरीमा तीन युवक पौडी खेल्न गएका जनाइएको छ । स्थानीयवासीले पानीमा डुबेका ती युवालाई जिवितै उद्धार गरे थिए । उपचारका लागि लैजादै गर्दा ठाकुरको मृत्यु भएको जनाइएको छ ।     

यसैबीच महोत्तरी गाउँपालिका–५ गौरीगामा गाउँमा पोखरीमा डुबेर बेहोस भएका एक युवकको गए राति उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा २५ वर्षीय राकेश पासवान रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो ।

होली खेलेर शनिवार साँझ  गाउँमै रहेको पोखरीमा नुहाउन गएका युवक राकेश पौडी खेल्ने क्रममा पोखरीमै बेहोस भएपछि स्थानीयवासीले उद्धार गरेर उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्