०१ असार २०८३, सोमबार

घट्यो सुनचाँदीको मूल्य, कति छ आज ?

घट्यो सुनचाँदीको मूल्य, कति छ आज ?

साताको पहिलो दिन आइतवार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

यस दिन छापावाल सुन प्रति तोला ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन (शुक्रवार) यस्तो सुन प्रति तोला ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदी प्रति तोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रवार चाँदी प्रति तोला १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्