०२ असार २०८३, मंगलबार

यो ठाउँमा २० लाख महिलाको रेप भएको थियो, चार लाख बच्चाले पिता चिन्न पाएनन्

कात्तिक २०, २०७४
यो ठाउँमा २० लाख महिलाको रेप भएको थियो, चार लाख बच्चाले पिता चिन्न पाएनन्

दोस्रो विश्वयुद्धका बेलामा हिटलरको नाजी सेनाले संसारका धेरै देशमा तबाही मच्चाए । यो अहिलेसम्मकै विनाशकारी युद्ध मानिन्छ ।


जर्मनीले यो युद्धमा भारी मूल्य चुकाउनुपरेको थियो । युद्धको अन्त्यतिर सोभियत रुस, अमेरिका, बेलायत र फ्रान्सका सैनिकहरूले जर्मनीका कैयौं इलाकामा कब्जा गरेर लाखौं महिला तथा बच्चीहरूको रेप गरेका थिए ।

जर्मनीका करीब चार लाख बच्चाहरूलाई आफ्नो पिताका बारेमा कुनै जानकारी छैन । यो आश्चर्यलाग्दो तथ्य सन् २०१५ मा प्रकाशित भएको पुस्तक ‘बास्टर्ड्स ! द चिल्ड्रेन अफ अकुपेसन इन जर्मनी आफ्टर १९४५’ नामक पुस्तकमा गरिएको छ ।

जर्मनीको म्याग्देबर्ग विश्वविद्यालयका प्राध्यापक सिल्के सत्जोकोभ तथा प्राध्यापक रेनर ग्रिसले गरेको अध्ययनबाट यो पुस्तक तयार भएको थियो ।

पुस्तकमा बताइएअनुसार एलाइड देशका सैनिकहरूले हत्या, लुटपाट र बलात्कार गरेर लाखौं जर्मन युवती तथा बच्चीहरूलाई गर्भवती बनाएका थिए ।

कैयौं बच्चाहरूलाई उनीहरूको पिताका बारेमा महिलाले बताउनै सकेनन् किनकि उनीहरूलाई विदेशी सैनिकले बलात्कार गरेका थिए ।

युद्ध अन्त्य भएपछि सैनिकहरू आआफ्ना देश गए र उनीहरूको अत्याचारको निशाना मात्र बाँकी रह्यो ।

त्यतिखेर जन्मेका लाखौं बच्चाहरूले जिन्दगीभरि सामाजिक भेदभावको शिकार हुनुप–यो । कैयौंले आफ्ना पिताहरू खोज्ने कोशिश पनि गरे ।

हजारौं महिलाले सैनिकहरूको अत्याचारबाट बच्नका लागि पूरै परिवारसँग मिलेर आत्महत्या पनि गरेका थिए ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्