२३ असार २०८३, मंगलबार

द्रुतमार्ग आयोजनामा देखिएका समस्याबारे ललितपुरका जनप्रतिनिधिसँग छलफल

द्रुतमार्ग आयोजनामा देखिएका समस्याबारे ललितपुरका जनप्रतिनिधिसँग छलफल

तराई/मधेश द्रुतमार्ग आयोजना अध्ययन उपसमितिले ललितपुरमा तीन वटा वडाका जनप्रतिनिधि र सरोकारवालाहरूसँग आइतवार छलफल गरेको छ । 

विकास प्रविधि समितिअन्तरगतको सो उपसमितिले द्रुतमार्गको प्रस्थान विन्दु खोकना, बुङमतिलगायत आयोजनामा देखा परेको समस्याहरूको सम्बन्धमा वडा नम्बर १८, २१ र २२ का जनप्रतिनिधि र सरोकारवालाहरूसँग छलफल गरेको हो ।

यसअघि सो उपसमितिले स्थलगत भ्रमणसमेत गरेको सांसद इन्दु शर्माले जानकारी दिइन् । 

salt training

कमेन्ट गर्नुहोस्