०९ असार २०८३, मंगलबार

झलनाथको निर्वाचन क्षेत्रबाट ओलीको हमला- वैशाख ३० मा एउटै कुचोले ५ दललाई बढार्छ

झलनाथको निर्वाचन क्षेत्रबाट ओलीको हमला- वैशाख ३० मा एउटै कुचोले ५ दललाई बढार्छ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गतेको निर्वाचनमा पाँच दललाई एउटै कुचोले बढार्ने दाबी गरेका छन् । 

झलनाथ खनालको निर्वाचन क्षेत्र इलामको फिक्कलमा आयोजित जनसभालाई सम्बोधन गर्दै ओलीले आगामी चुनावमा सत्तारूढ गठबन्धनमा रहेका दललाई एमालेले देशैभरबाट बढार्ने दाबी गरेका हुन् । 

उनले भने, ‘एमालेले देशभरबाट पाँच दललाई एउटै कुचाले बढार्ने छ । हामी चुनाव पर्खिरहेका छौं । एमालेलाई टोकी हेर्न नखोजे हुन्छ तिम्रा दाँत उछिट्टिन सक्छन् ।’

एमालेबाट निर्वाचित भएर पाएको सांसदको फुली एमालेबाट पार्टी फुटाएर जानेहरूले फुकाल्नुपर्ने ओलीले बताए । 

एमालेले दुई तिहाइ बहुमत ल्याउन लागेको बेलामा पार्टी फुटाएर हिँडेको ओलीले बताए  । ‘कम्युनिष्टकै बर्को ओढेका अन्तरे जन्तरेहरू दुई तिहाइ नजिक पुगेको कम्युनिष्ट विभाजनमा लागि परे,’ ओलीले भने ।
 

salt training

कमेन्ट गर्नुहोस्