रुसले युक्रेनमा थालेको विशेष सैन्य कारवाहीमा पहिलोपटक टीओएस–१ए थर्मोब्यारिक रकेट सिस्टम नामक हतियार प्रयोग गरेको छ ।
शनिवार उक्त रकेट सिस्टमले एकसाथ अनेकौं रकेटहरू प्रहार गरेको भिडियो फूटेज सार्वजनिक भएको छ । ती रकेटहरूले युक्रेनी सैनिकहरूलाई तारो बनाएका थिए ।
रुसले आफ्नो स्थलसेना र मेकानाइज्ड फर्मेसनहरूलाई हेभी फायर सपोर्टका लागि यो हतियार उपयोग गरेको हो ।
टीओएस–१एले २२० एमएम रकेटहरू प्रहार गर्छ र त्यसमा शक्तिशाली फ्युल एयर एक्सप्लोजिभ वारहेडहरू हुन्छन् । रकेटको दायरा ६ देखि १० किलोमिटर छ ।
यो रकेट प्रहार गरिएको दायरामा मानिसलाई सास फेर्न समेत असम्भव हुन्छ किनकि यसले हावाको प्रवाह नै रोकिदिन्छ । अनि तारोमा ठोकिएपछि रकेटको विस्फोट निकै विशाल हुन्छ ।
भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला
https://video.twimg.com/ext_tw_video/1505259835125911553/pu/vid/1280x720/O-z9SwZcDAfoXzWY.mp4?tag=12