१५ असार २०८३, सोमबार

‘क्रिप्टोकरेन्सी’को प्रचार गरेको भन्दै प्रियंकामाथि सीआईबीको अनुसन्धान

‘क्रिप्टोकरेन्सी’को प्रचार गरेको भन्दै प्रियंकामाथि सीआईबीको अनुसन्धान

‘क्रिप्टोकरेन्सी’को प्रचार गरेको भन्दै अभिनेत्री प्रियंका कार्कीमाथि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ । 

उनलाई आइतवार ब्युरोमा बोलाएर सोधपुछ गरिएको थियो । उनले सामाजिक सञ्जालमा ‘क्रिप्टोकरेन्सी’मा आफूले पनि लगानी गरेको भन्दै अरुलाई पनि लगानी गर्न आह्वान गरेकी थिइन् । 

‘प्रियंका कार्कीलाई बोलाएर सोधपुछ गरियो, चित्तबुझ्दो जवाफ नआए अनुसन्धान प्रक्रिया अगाडि बढ्छ,’ सीआईबीका निर्देशक डीआईजी धीरजप्रताप सिंहले भने । 

क्रिप्टोकरेन्सीको कारोबारलाई नेपाल राष्ट्र बैंकले गैरकानूनी भनेको छ ।

salt training

कमेन्ट गर्नुहोस्