०५ साउन २०८३, मंगलबार

आरोपी शिक्षकलाई पक्राउ गर्न खोज्दा तनाव, स्थानीय र प्रहरीबीचको झडपमा ३ जना घाइते

आरोपी शिक्षकलाई पक्राउ गर्न खोज्दा तनाव,  स्थानीय र प्रहरीबीचको झडपमा ३ जना घाइते

मोरङको लेटाङमा स्थानीय र प्रहरीबीच झडप भएको छ । स्थानीय एक शिक्षकले विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपपछि भएको आन्दोलनले उग्ररुप लिँदा झडप भएको थियो । पीडित विद्यार्थीका अभिभावक र आफन्तले दिनभर प्रदर्शन गरेका थिए । 

झडपका क्रममा एकजना महिला प्रहरी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइते प्रहरीलाई उपचारमा लगिएको प्रदेश प्रहरी कार्यालय प्रवक्ता एसपी नविन राईले बताए । झडपमा अन्य दुई शिक्षक समेत घाइते भएका छन् ।

लेटाङ नगरपालिका– ५ को शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेलमाथि  यौन दुर्व्यवहार गरेको आरोप लागेको हो । उनलाई पक्राउ गर्न गएकाे प्रहरी टोलीमाथि आक्रमण भएको हो ।

तनावका बीच आरोपी शिक्षकलाई प्रहरी कार्यालय लगिएको छ भने घटनास्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्