२३ असार २०८३, मंगलबार

ट्रम्प र पुटिनले गरे बहुप्रतीक्षित भेटघाट

कात्तिक २०, २०७४
ट्रम्प र पुटिनले गरे बहुप्रतीक्षित भेटघाट

काठमाडौं, २३ असार — अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच शुक्रवार बहुप्रतीक्षित भेटवार्ता भएको छ । जर्मनीमा भइरहेको जी२० शिखर सम्मेलनमा यी दुई शीर्ष नेताको भेट भएको हो ।


उनीहरूले एकअर्कालाई हेरेर मुस्कुराए अनि छिट्टै एउटा निजी भेटवार्ता गर्ने बताए । ट्रम्पले यसअघि एक ट्वीट लेख्दै पुटिनसँग ‘धेरै कुरा छलफल’ गर्नुपर्ने जानकारी दिएका थिए ।

ह्याम्बर्गमा भएको भेटघाट अमेरिका र रुसबीचको सम्बन्धको महत्त्वपूर्ण मोडमा आएको हो । ट्रम्पले सन् २०१६ को राष्ट्रपति निर्वाचनमा रुसको हस्तक्षेप रहेको विषयमा पुटिनसँग भिड्ने हुन् कि हैनन् भनी सबैले आँखा लगाइरहेका छन् ।

भेटघाटअघि ट्रम्पले फेक न्युज मिडियाले आफूलाई अवास्तविक रूपमा प्रस्तुत गरेको भएपनि अमेरिकी स्वार्थका लागि लड्ने प्रतिज्ञा गरेका थिए ।

द डेली मेलबाट

salt training

कमेन्ट गर्नुहोस्