११ असार २०८३, बिहीबार

मौसममा पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव

मौसममा पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव

हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार सोमबार बिहान प्रदेश १ लगायत देशका पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ। 

यस्तै दिउँसो पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा सामान्यतया सफा रहने छ। यस्तै  पहाडी भूभागका एक दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।

यसैगरी राति पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ। 

यस्तै प्रदेश १ को पहाडी भूभागको एकदुई स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।  

 

salt training

कमेन्ट गर्नुहोस्