
ईस्लिङटन कलेजले आफ्नो स्थापनाको रजत जयन्ती मनाएको छ।
ईस्लिङटन कलेजले स्थापनाको २५ वर्षमा शैक्षिक र व्यवसायिक विकासमा उत्कृष्टताको नमूना प्रदर्शन गरेको छ । सन् १९९६ मा स्थापना भएको ईस्लिङ्टन आईटी र व्यवस्थापन संकायमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको कलेज हो ।
तीन सय बढी प्राध्यापक र कर्मचारी रहेको यो कलेजबाट हरेक वर्ष ९८.६ प्रतिशतको हाराहारीमा विद्यार्थीहरु उत्तीर्ण हुँदै आएका छन् ।
'२५ वर्षको यो अवधिमा ५५०० भन्दा बढी दक्ष जनशक्ति उत्पादन गरिसकेका छन् । जुन आफैंमा ऐतिहासिक छ । ईस्लिङटन कलेजबाट उतीर्ण भएका विद्यार्थीहरु नेपालको घरेलु बजारमा अत्यधिक खोजी हुँदै आएका छन् । स्वदेशमा मात्र नभइ बिदेशमा पनि उनीहरुको प्रदर्शन अब्बल दर्जाको हुने गरेको छ,'कोटिभिटीका प्रवन्धक वरिष्ठ इन्जिनियर सुशील जाकीबन्जाले भने, 'ईस्लिङटनबाट उतीर्ण भएकाहरु प्राविधिक ज्ञान र क्षमताबारे अभूतपूर्व थिए । उनीहरुमा विशेष ज्ञान थियो ।'
आधुनिक प्रविधि, अत्याधुनिक प्रयोगशाला र लेक्चर कक्षा, सिकाइ अनुकूल कक्षा कोठा तथा आवश्यक सम्पूर्ण भौतिक पूर्वाधार ईस्लिङटन कलेजमा उपलब्ध छ ।