
मोरङको लेटाङ नगरपालिका वडा नम्बर ५ मा आइतवार भएको झडपमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शिक्षकले छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि आक्रोशित स्थानीय र सुरक्षामा खटिएका प्रहरीबीच झडप भएको थियो ।
सोही झडपमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले लोकान्तरलाई जानकारी दिए ।
स्थानीय र प्रहरीबीचको झडपमा प्रहरी जवान उर्मिला श्रेष्ठलाई झडपमा आन्दोलनकारी खुकुरी प्रहर गरेका थिए ।
जवान श्रेष्ठको उपचारका क्रममा आइतवार राति मृत्यु भएको छ ।
प्रहरीले सोमवार पनि त्यस क्षेत्रमा कडा निगरानी राखेको प्रमुख जिल्ला अधिकारी दाहालले बताएका छन् ।
यसैबीच सो क्षेत्रमा आज बिहानैदेखि कफ्र्यु लागेको छ ।
लेटाङ नगरपालिकाका वडा नम्बर ५ को सबै क्षेत्र, ३ नम्बर वडाको गंगे चोक, ४ नम्बरको कमलपुर चोक र ६ नम्बरको वडा कार्यालय भएको क्षेत्रलाई सम्बेदनशील क्षेत्र मानेर अर्कोे निर्णय नभएसम्मलाई कर्फ्यू घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।