०२ असार २०८३, मंगलबार

जेरुसेलमले शान्ति दिलाउन सक्ने जेलेन्स्कीको भनाइ

चैत ७, २०७८
जेरुसेलमले शान्ति दिलाउन सक्ने जेलेन्स्कीको भनाइ

युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले युक्रेन र रुसबीचको उच्चस्तरीय शान्तिवार्ताका लागि इजरायलले प्रयास गरिरहेको बताएका छन् । 

शान्तिवार्ता जेरुसेलममा हुन सक्ने उनको कथन छ । 

‘इजरायलका प्रधानमन्त्री नेफ्ताली बेनेटले वार्ता गराउन प्रयास गरिरहेका छन् । हामी त्यसलाई लागि कृतज्ञ छौं । रुससँग हामीले ढिलोचाँडो वार्ता गर्नैपर्नेछ । शायद जेरुसेलममा वार्ता हुनेछ,’ जेलेन्स्कीले आइतवार राति भिडियो सम्बोधन गर्दै बताए । 

‘शान्ति खोज्ने उपयुक्त ठाउँ त्यही हो । सम्भव भएमा,’ जेलेन्स्कीले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्