
रुसले मारिउपोल शहरमा युक्रेनी सुरक्षाबलहरूलाई हतियार बिसाउन आह्वान गरेपछि युक्रेनकी उपप्रधानमन्त्री इरीना भेरेश्चुकले त्यसलाई अस्वीकार गरेकी छन् ।
‘आत्मसमर्पणको सवालै उठ्दैन,’ उनले भनिन् ।
उक्राइन्सका प्राव्दा पत्रिकासँग कुरा गर्दै भेरेश्चुकले मारिउपोलमा नागरिकहरूलाई सुरक्षित निष्काशन गर्नुअघि रुसले युक्रेनी सैनिकलाई आत्मसमर्पण गर्न लगाएको बताइन् ।
रुसको यस्तो माग बन्धक बनाउने काम जस्तो भएको उनको भनाइ छ ।