०६ असार २०८३, शनिबार

आयुक्तको नियुक्ति बदर गरेर निर्वाचन सार्ने षड्यन्त्र भइरहेको छ- ओली

आयुक्तको नियुक्ति बदर गरेर निर्वाचन सार्ने षड्यन्त्र भइरहेको छ- ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगका आयुक्तको नियुक्ति बदर गरेर निर्वाचन सार्ने षड्यन्त्र भइरहेको दाबी गरेका छन् । 

सोमवार बबरमहलको कार्की ब्यांक्वेटमा शुरू भएको एमालेको पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै निर्वाचन आयोग र सत्ता गठबन्धनले निर्वाचन प्रभावित पार्ने बारेमा गोप्य रुपमा छलफल भइरहेको दाबी गरेका हुन् । 

‘अझै पनि कलात्मक ढंगले, षड्यन्त्रपूर्ण रुपमा निर्वाचन सार्ने प्रयास भइरहेको छ । निर्वाचन आयोग र सत्तारूढ गठबन्धनबीचमा छलफल भइरहेको छ,’ ओलीले भने । 

अदालतबाट तीन जना आयुक्तको संवैधानिक नियुक्ति बदर गराएर दुई जना आयुक्तले मात्रै निर्वाचन गराउन सक्दैन भन्ने पारेर निर्वाचन प्रभावित गर्न खोजिएको ओलीले बताए । 

‘नियुक्ति बदर गरिदियो भने दुई जना आयुक्तले मात्रै निर्वाचन गराउन सक्छ कि सक्दैन भनेर छलफल भइरहेको छ । हाम्राविरुद्ध षड्यन्त्र हुने गरेको छ,’ ओलीले भने, ‘तीनजनाको नियुक्ति बदर गर्ने र दुई जनाले मात्रै निर्वाचन गर्न सकिँदैन भन्ने गरी षड्यन्त्र भइरहेको छ ।’ 

षड्यन्त्रको बिलभर्पाई नहुने भएकोले प्रमाण भने देखाउन नसकिने ओलीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्