०१ असार २०८३, सोमबार

दिल्लीबाट दोहा उडेको विमान पाकिस्तानको कराची पुगेपछि ...

चैत ७, २०७८
दिल्लीबाट दोहा उडेको विमान पाकिस्तानको कराची पुगेपछि ...

भारतको राजधानी नयाँदिल्लीबाट दोहा जान उडेको कतार एयरवेजको विमान अकस्मात पाकिस्तानको कराची पुग्यो । 

उडानका क्रममा देखिएको प्राविधिक गडबडीका कारण कराचीमा अवतरण गरिएको हो ।

यात्रुलाई सुरक्षित कराची विमानस्थलमा अवतरण गरिएको जनाइएको छ । उडानमा १०० यात्रु रहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

विमानमा समस्या देखिएपछि यात्रुलाई दोहा पुर्‍याउन एयरलाइन्सले अर्काे व्यवस्था गरिरहेको छ । विमानको कार्गाे कक्षमा धुवा उडेपछि विमान अवतरण गरिएको हो ।

एयरलाइन्सले घटनामा माफी माग्दै जाँचबुझ भइरहेको जनाएको छ । एयरलाइन्सका दक्षिण एसिया क्षेत्र प्रबन्ध निर्देशक रेमी मेलाईले जाँचबुझपछि घटनाबारे पूरै जानकारी दिइने बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्