१० असार २०८३, बुधबार

युक्रेनमा रहेको विषालु ग्यासको ट्यांकमा रुसको आक्रमण, स्वास्थ्यमा संकट

चैत ७, २०७८
युक्रेनमा रहेको विषालु ग्यासको ट्यांकमा रुसको आक्रमण, स्वास्थ्यमा संकट

युक्रेनको नोभोसेलीत्स्या शहरनजिक रहेको सुमीखिमप्रोममा विषालु ग्यासको एक ट्यांकमा रुसले आक्रमण गर्दा एम्मोनियाको बादल बनेको छ । 

उक्त बादलले लगभग साढे २ किलोमिटर क्षेत्रलाई ढाकेको त्यस क्षेत्रका गभर्नर दिमीत्रो झीभीत्स्कीले बताए । 

उनका अनुसार, घटनामा एकजना घाइते भएका छन् । ती त्यही भट्टीमा काम गर्ने मानिस हुन् । 

नोभोसेलीत्स्या शहरवासीहरूलाई शेल्टरमा लुक्न निर्देशन दिइएको छ । 

एम्मोनिया रासायनिक मल बनाउनका लागि उपयोग गरिन्छ । यसले श्वासप्रश्वास प्रणालीमा पीडा र जलन गराउन सक्छ अनि आँखालाई चोट लगाउन पनि सक्छ ।
 

salt training

कमेन्ट गर्नुहोस्