
राष्ट्रिय मान्यता प्राप्त दलबाहेक साना दललाई दलको निर्वाचन चिह्न दिने विषयमा छलफल चलिरहेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले नियमित पत्रकार भेटघाट कार्यक्रममा सोमवार सो कुरा बताएका हुन् ।
विभिन्न जिल्लास्थित ५८ वटा दलबाट विवरण प्राप्त भएको आयोगको भनाइ छ ।
त्यसै गरी निर्वाचन आयोगमा कुनै पनि जिज्ञासा, गुनासो भए नेपाल दूरसञ्चार प्राधिकरणले उपलब्ध गराउने टोल फ्री नम्बर ११०२ चैत १५ गतेदेखि लागू हुने उनले जानकारी दिए ।