०४ साउन २०८३, सोमबार

एमालेको चुनावी घोषणापत्रको मस्यौदा तयार, वैशाख ९ गते सार्वजनिक गर्ने

एमालेको चुनावी घोषणापत्रको मस्यौदा तयार, वैशाख ९ गते सार्वजनिक गर्ने

नेकपा एमालेले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि चुनावी घोषणापत्रको मस्यौदा तयार गरेको छ । पार्टी स्थापना दिवसको अवसरमा आगामी वैशाख ९ गते घोषणा पत्र सार्वजनिक गरिने प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । 

‘स्थानीय तहको चुनावका लागि घोषणापत्रको मस्यौदा तयार भएको छ, पार्टी स्थापना दिवसको अवसर पारेर वैशाख ९ गते जारी गर्ने तयारी छ,’ सोमवार बसेको पोलिटब्युरो बैठकपछि गुरुङले भने, ‘प्रत्येक पालिकामा त्यसै दिन प्रतिबद्धतापत्र सार्वजनिक गर्ने तयारी छ ।’

घोषणापत्र लेखनका लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा एमालेले कमिटी बनाएको छ ।  

एमालेले उम्मेदवार बनाउँदा जनप्रतिनिधिको कामको मूल्यांकन, कार्यक्षमता, लोकप्रियता र विजयको सुनिश्चितता तथा पार्टीप्रतिको निष्ठाको आधार बनाउने निर्णय गरेको छ । सचिवालय र पोलिटब्युरो बैठकको निर्णयका आधारमा अब बस्ने केन्द्रीय कमिटी बैठकले उम्मेदवार छनौटको मापदण्ड बनाउने गुरुङले जानकारी दिए ।  

कमेन्ट गर्नुहोस्