काठमाडौं, २४ असार- नेपाल ल क्यापसमा एलएलबीमा अध्यनरत कीर्तिपुरकी संविधा वाग्लेले संविधान कार्यान्वयनका लागि स्थानीय, प्रान्तीय र केन्द्रीय संसद्को निर्वाचन नभई नेपालमा राजतन्त्र चाहिने/नचाहिनेबारे जनमतसंग्रह गर्न चुनौती दिएकी छन् ।

‘राजतन्त्रबारे जनमतसंग्रह भए कुल मतदाताको दुई तिहाइ मत राजाको पक्षमा जान्छ । यस्तो जनमत सिर्जना हुनुका पछाडि मुलुकको आर्थिक, प्राकृतिक स्रोत–साधनमा राजनीतिक दलका अनगिन्ती राजा र उनका भाइभारदारका रूपमा देखिएका कार्यकर्ताबीच भागबन्डा हुनु नै हो ।'
महान् राजनीतिक दार्शनिक रुसोको डेमोक्रेसीको सिद्धान्त ‘फर दि पिपुल, बाई दि पिपुल र टु दि पिपुल' को सट्टा नेपालका प्रमुख दलले ‘फर दि नेता, टु दि कार्यकर्ता र टु दि पार्टी' गरेकै कारण आज गणतन्त्रप्रति आमजनतामा वितृष्णा फैलिएको उदाहरण उनले दिइन् । रत्नराज्य लक्ष्मी क्याम्पसमा अंग्रेजी विषयमा स्नातकोत्तरमा अध्यनरत कीर्तिपुरकै सुमन आचार्यले पनि राजतन्त्र चाहिन्छ कि चाहिँदैन भन्दै जनमतसंग्रह गर्न दललाई चुनौती दिए । पुर्वराजा ज्ञानेन्द्र शाहको जन्म दिनको मौका छोपेर आजको अन्नपूर्ण पोस्टले खबर छापेको छ