काठमाडौं, २४ असार— उपमहानगरपालिकामा नेपाली कांग्रेसले पहिलो जीत दर्ता गरेको छ । धनगढी उपमहानगरपालिकामा नेपाली कांग्रेसले जीत हासिल गरेको हो ।

कांग्रेसका नृपबहादुर वड १४३२४ मतसहित मेयरमा विजयी भएका हुन् ।
स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई २७९७ मतले पछि पार्दै वड मेयरमा निर्वाचित भएका हुन् । पराजित हमालले ११५२७ मत ल्याएका छन् ।
यस्तै उपमेयरमा कांग्रेसकी सुशीला मिश्र निकटतम प्रतिस्पर्धी एमालेकी रुकमणी देवकोटालाई हराउँदै विजयी भएकी छिन् ।
मिश्रले १७ हजार ४०८ मत ल्याउँदा देवकोटाले १२ हजार ७७३ मत ल्याएकी छन् ।
तुल्सीपुर, घोराही, बुटवल र इटहरी उपमहानगरमा एमाले विजयी भएको थियो भने नेपालगन्जमा राप्रपा विजयी भएको थियो । उपमहानगरमा अब धरानको नतिजा आउन बाँकी रहेको छ ।