१२ असार २०८३, शुक्रबार

मोरङको धनपालथानको अध्यक्षमा कांग्रेस विजयी

कात्तिक २०, २०७४
मोरङको धनपालथानको अध्यक्षमा कांग्रेस विजयी

विराटनगर, २४ असार– मोरङको धनपालथान गाउँपालिकामा नेपाली काँग्रेसले जित हात पारेको छ ।

। काँग्रेसका अध्यक्ष पदका उम्मेदवार हरिलाल सिंह पाँच हजार १८७ मत प्राप्त गरी विजयी भएका निर्वाचन अधिकृत टोलराज उपाध्यायले जानकारी दिए । विजयी सिंहका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मुसहरु मण्डलले चार हजार ८२५ मत प्राप्त गरे ।

त्यस्तै उपाध्यक्षमा काँग्रेसकी नसिमा बानो चार हजार ६३५ मत प्राप्त गरी विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी उपासी राजवंशीले चार हजार ४२१ मत प्राप्त गरिन् ।

उक्त गाउँपालिकामा १७ हजार ३२६ मत खसेकामा १५ हजार ३०८ मत सदर भएको थियो । अध्यक्ष पदमा दुई हजार १८ मत बदर भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्