०३ साउन २०८३, आइतबार

चुनावी रणनीति बनाउन एमालेको केन्द्रीय कमिटी बैठक

चुनावी रणनीति बनाउन एमालेको केन्द्रीय कमिटी बैठक

नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठक बुधवारदेखि काठमाडौंमा शुरू भएको छ । 

स्थानीय तहको आसन्न निर्वाचनका लागि पार्टीको तयारीलगायत विषयमा छलफल गर्न बैठक बसेको हो । 

बैठक शुरु गर्दै अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा बहुमत ठाउँमा विजय हासिल गर्ने गरी तयारीमा लाग्न आग्रह गरे ।

बैठकमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदन, प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ, चुनावी घोषणापत्र, उम्मेदवार चयनका मापदण्डलगायत कार्यसूची छन् ।

बैठकले हालै पार्टी प्रवेश गरेका विभिन्न व्यक्तिलाई जिम्मेवारी दिने बताइएको छ । बैठक बिहीबारसम्म चल्नेछ । 

चैत ७ गते सम्पन्न पोलिटब्युरो बैठकले केन्द्रीय कमिटीका लागि कार्यसूची तय गरेको थियो ।

 

salt training

कमेन्ट गर्नुहोस्