१६ असार २०८३, मंगलबार

नयाँ-नयाँ ठाउँ घुमाउँदै बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

नयाँ-नयाँ ठाउँ घुमाउँदै बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

पर्सामा १५ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । 

बहुदरमाई नगरपालिका–९ विश्रामपुरका ३५ वर्षीय सन्देश महतो कोइरीलाई सोमवार पर्सा प्रहरीले पक्राउ गरेको हो । 

कोइरीले ती किशोरीलाई विवाह गर्छु भनी झुटो प्रलोभनमा पारी नयाँ–नयाँ ठाउँमा घुमफिर गराउने बहाना बनाएर पटक-पटक करणी गरेको भन्ने जाहेरी परेपछि प्रहरीले उनलाई उनलाई वीरगञ्ज महानगरपालिका–१३ बाट पक्राउ गरको हो । 

उनीमाथि जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्