
यातायात व्यवस्था कार्यालयका सेवाहरू अनिश्चितकालका लागि अवरुद्ध भएको छ ।
सर्भरहरूमा विद्युतीय समस्या देखिएकाले बुधवार अपरान्ह ५ बजेदेखि सबै सेवाहरू अवरुद्ध हुने यातायात व्यवस्था विभागले जनाएको हो ।
विभागका अनुसार यातायात कार्यालयबाट प्रदान गरिने सबै सेवाहरू सो समस्या समाधान नभएसम्मका लागि अवरुद्ध हुनेछन् ।
