मंसिर २६, २०८०
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
चैत ९, २०७८
वि.सं. २०७४ सालको स्थानीय तह निर्वाचनमा दोस्रो स्थानमा खुम्चिएको नेपाली कांग्रेस यसपटक पहिलो दल बन्ने दाबीसहित चुनावी मैदानमा उत्रिएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दर्ता बदर र एमाले विभाजनको लाभ उठाउँदै सत्तामा उक्लिएको कांग्रेस कम्युनिस्ट घटकहरूलाई पुन: मिल्नबाट रोकेर चुनावमा बाजी मार्ने रणनीतिमा देखिन्छ ।
त्यसो त सत्ता घटक दलहरूबीच चुनावी तालमेलको बहस पनि भइरहेको छ । तर, प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र एकाधबाहेकका कांग्रेस नेता गठबन्धनका विषयमा सकारात्मक देखिन्नन् ।
कम्युनिस्ट विभाजनको लाभ मिल्ने आन्तरिक हिसाबकिताबमा रहेको कांग्रेसले तालमेललाई पुन: वाम गठबन्धन बन्न नदिने रणनीतिका रूपमा मात्र उपयोग गर्ने सम्भावना छ ।
कांग्रेस उपसभापति धनराज गुरुङसहित केही नेताले त गठबन्धन सहयात्री दलहरूलाई निकै होच्याउने खालको अभिव्यक्ति दिइरहेका छन् ।
कांग्रेस चुनावलाई लिएर यति धेरै आत्मविश्वासी बन्ने अवस्था छ त ? त्यससम्बन्धी कुनै निचोडमा पुग्न अघिल्लो स्थानीय तह निर्वाचनमा प्राप्त मत परिणामले केही हदसम्म सघाउँछ ।
अघिल्लोपटक स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रबीच देशका विभिन्न स्थानमा चुनावी तालमेल भएको थियो । तर, त्यो देशव्यापी भने बन्न सकेन ।
तालमेल त्यति फलदायी नभएपछि प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा यो गठबन्धन कायम रहन सकेन ।
पार्टी नै एकता गर्ने घोषणासहित नेकपा एमाले र नेकपा माओवादी केन्द्र वाम गठबन्धन बनाएर चुनावमा होमिए । परिणाम स्वरूप कांग्रेस एमालेभन्दा झण्डै आधा सिट जीतेर दोस्रो स्थानमा खुम्चिएको थियो ।
तर, स्थानीय तह निर्वाचनको नतिजा हेर्दा भने एमाले र कांग्रेसबीच त्यति ठूलो अन्तर देखिन्न ।
त्यतिबेला एमालेले २९४ स्थानीय तहमा जीत हात पार्दा कांग्रेसको पोल्टामा २६६ स्थानीय तह परेको थियो ।
यो नतिजा कांग्रेसका लागि सुखद् नभए पनि त्यति बेला दोस्रो स्थानमा रहेका स्थानीय तहको हिसाबकिताब गरेर कांग्रेस अलि बढी नै आत्मविश्वासी बनेको देखिन्छ ।
२०७४ को स्थानीय निर्वाचनमा के थियो कांग्रेसको स्थिति ? त्यतिबेलाको मत परिणामलाई विस्तृतमा नियालौं :
१३३ स्थानीय तहमा ५०० भन्दा कम मतान्तरले विजयी,३३ वटामा सयभन्दा कम
७५३ स्थानीय तहका लागि भएको निर्वाचनमा दोस्रो भएको नेपाली कांग्रेसले २ सय ६६ स्थानीय तहमा जीत हात पारेको थियो ।
यसमध्ये मनाङको नारफू गाउँपालिकामा कांग्रेस उम्मेदवार मिङ्मा छिरिङ लामा निर्विरोध निर्वाचित भएका थिए ।
४४ नगरपालिका र ८९ गाउँपालिका गरी १३३ स्थानीय तहमा कांग्रेसले ५०० भन्दा कम मतान्तरले जीत हात पारेको थियो ।
३३ स्थानीय तहमा त कांग्रेसका गाउँपालिका अध्यक्ष तथा नगरपालिका प्रमुखका उम्मेदवार १०० भन्दा कम मतान्तरले विजयी भएका थिए ।
३१ स्थानीय तहमा १०१ देखि २००, २५ वटामा २०१ देखि ३००, २२ वटामा ३०१ देखि ४००, २२ वटामै ४०१ देखि ५०० सम्मको मतान्तरले कांग्रेस उम्मेदवारहरूले बाजी मारेका थिए ।
७२ वटा स्थानीय तहमा ५०१ देखि १००० सम्मको मतान्तर रहेकोमा २९ स्थानीय तहमा १००१ देखि १५०० तथा ३१ स्थानीय तहमा १५०० भन्दा माथिको मतान्तरले कांग्रेस उम्मेदवार विजयी भएका थिए ।
ताप्लेजुङमा झिनो जीत,धादिङको नीलकण्ठमा सबैभन्दा बढी मतान्तर
कांग्रेसले सबैभन्दा झिनो मतान्तरले जीत हात पारेको स्थानीय तह ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका हो ।
त्यहाँ कांग्रेसका विश्वनाथ सिटौलाले एमालेका लक्ष्मीबहादुर यक्सोलाई १३ मतले पराजित गरेका थिए ।
मुस्ताङको बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकामा १६ र सिन्धुलीको तीनपाटन गाउँपालिकामा १९ मतले कांग्रेसले बाजी मारेको थियो ।
धादिङको नीलकण्ठ नगरपालिका कांग्रेसले सबैभन्दा बढी मतान्तरले जीत हात पारेको स्थानीय तह हो ।
कांग्रेस उम्मेदवार भीमप्रसाद ढुंगानाले एमालेका अर्जुनकुमार श्रेष्ठलाई ६ हजार १ सय ७६ मतान्तरले पराजित गरेका थिए ।
उक्त स्थानीय तहमा कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो ।
उपप्रमुखमा माओवादीका मनराज भण्डारी विजयी भएका थिए ।
गाउँपालिकातर्फ भने तनहुँको ऋषिङ गाउँपालिकामा कांग्रेसले सबैभन्दा बढी मतान्तरले जीत हात पारेको थियो ।
कांग्रेसका राजेन्द्रकृष्ण श्रेष्ठले एमालेका भूपालसिंह थापालाई २ हजार ४ सय ५२ मतले पराजित गरेका थिए ।
यी दुवै स्थानीय तहमा कांग्रेस उम्मेदवारले निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवारभन्दा झण्डै दोब्बर मत ल्याएका थिए ।
हेर्नुहोस्, कांग्रेसले जितेका स्थानीय तहहरूको पूरा विवरण :
३१९ स्थानीय तहमा कांग्रेस दोस्रो,१४१ वटामा ५ सयभन्दा कम मतान्तर
अघिल्लो निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी रहने सबालमा कांग्रेस सबैभन्दा अगाडि थियो ।
३१९ स्थानीय तहमा प्रमुख र अध्यक्षका कांग्रेस उम्मेदवार दोस्रो स्थानमा सीमित भएका थिए ।
त्यसमध्ये १ सय ४१ स्थानीय तहमा कांग्रेस उम्मेदवारहरूले ५ सयभन्दा कम मतान्तरले हार व्यहोरेका थिए ।
१०० भन्दा कम मतान्तरले हार्ने कांग्रेस उम्मेदवारको संख्या नै ३४ थियो ।
३८ स्थानीय तहमा १०१ देखि २००, २३ वटामा २०१ देखि ३००, २८ वटामा ३०१ देखि ४००, १८ वटामा ४०१ देखि ५०० सम्मको मतान्तरले कांग्रेस उम्मेदवार पराजित भएका थिए ।
७४ वटा स्थानीय तहमा ५०१ देखि १००० सम्मको मतान्तर रहेकोमा ३४ स्थानीय तहमा १००१ देखि १५०० तथा ७० स्थानीय तहमा १५०० भन्दा माथिको मतान्तरले कांग्रेस निराश बनेको थियो ।
कमल गाउँपालिकामा गोलाप्रथामा हार,चौरपाटीमा १ मतले निराश
झापाको कमल गाउँपालिकामा मत बराबर आएपछि गोलाप्रथा गर्दा कांग्रेस उम्मेदवार हुकुमसिंह राई पराजित भएका थिए । कांग्रेसले सबैभन्दा झिनो अन्तरले हारेको कमल गाउँपालिकामा नै हो ।
त्यसैगरी अछामको चौरपाटी गाउँपालिकामा कांग्रेसका भीमबहादुर साउद एमालेका हर्कबहादुर साउदसँग १ मतले पराजित भएका थिए ।
पर्साको बिन्दबासिनी गाउँपालिकामा कांग्रेसलाई संघीय समाजवादी फोरमले ८ मतले पराजित गरेको थियो ।
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...