०१ साउन २०८३, शुक्रबार

चुनाव हारेर पनि धामी नै बने उत्तराखण्डको मुख्यमन्त्री, जितेकाहरू मन्त्रीमै सीमित

चैत ९, २०७८
चुनाव हारेर पनि धामी नै बने उत्तराखण्डको मुख्यमन्त्री, जितेकाहरू मन्त्रीमै सीमित

नेपालको सुदूरपश्चिमसँग सीमा जोडिएको भारतको उत्तराखण्डमा हालै भएको विधानसभा चुनावमा मुख्यमन्त्री पुष्करसिंह धामी पराजित भए । भारतीय कांग्रेसका युवा उम्मेदवार भुवन कापडीले मुख्यमन्त्री धामीलाई पराजित गरे ।

विधानसभा चुनावमा पराजित भएर पनि सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले धामीलाई नै पुनः मुख्यमन्त्री बनाएको छ ।

बुधवार आयोजित शपथग्रहण कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह, भाजपा अध्यक्ष जेपी नड्डा लगायत सहभागी छन् ।

मुख्यमन्त्रीको शपथ लिएपछि धामीले ८ मन्त्री नियुक्त गरेका छन् । धामी सरकारका नयाँ मन्त्रीमा सतपाल महाराज, प्रेमचन्द्र अग्रवाल, गणेश जोशी, धनसिंह रावत, सुबोध उनियाल, रेखा आर्य, चन्दनराम दास र सौरभ बहुगुणा रहेका छन् ।

नवनियुक्त मन्त्रीहरू सबैले विधानसभा चुनाव जितेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्