
पछिल्लो २४ घण्टामा ३८ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३७६ नमूना परीक्षणमध्ये ३४ पीसीआर र ४ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
पछिल्लो केही दिन यता संक्रमितको संख्या २ अंकमा मात्रै सीमित बनेको छ ।
पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन ।
हालसम्मको मृत्यु संख्या ११ हजार ९५१ छ ।
मन्त्रालयका अनुसार थप २६९ जना संक्रमणमुक्त भएका छन् ।
हाल मुलुकभर २ हजार ४५३ सक्रिय संक्रमित छन् ।