०२ साउन २०८३, शनिबार

अन्तर्राष्ट्रियस्तरबाट सहयोग भए मात्रै नेपालको अर्थतन्त्र बलियो हुन्छ- देउवा

अन्तर्राष्ट्रियस्तरबाट सहयोग भए मात्रै नेपालको अर्थतन्त्र बलियो हुन्छ- देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारीका कारण नेपालसहित विश्वका हिमाली देशहरूमा ठूलो आर्थिक समस्या परेको बताएका छन् । 

बुधवार काठमाडौंको चन्द्रागिरिमा दिगो पर्वतीय विकासको अन्तर्राष्ट्रिय वर्षको सन्दर्भमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । 

उनले अन्तर्राष्ट्रियस्तरबाट सहयोग भएमात्र नेपाल लगायतका हिमाली देशहरूको अर्थतन्त्रलाई बलियो बनाउन सकिने बताए । 

प्रधानमन्त्री देउवाले पर्वतीय स्रोतहरूको संरक्षण गर्न अत्यावश्यक रहेको पनि बताए । 

उनले अन्तर्राष्ट्रिय वर्षको अवसरमा मुस्ताङमा ‘माउन्टेन एड्भोकेसी समिट’ गर्न लागेको पनि जानकारी दिए । 

‘अध्ययनबाट पहाडी क्षेत्रहरूमा विश्वव्यापी रूपमा तापमान बढेको पाइएको छ भने औसतभन्दा धेरै छिटो न्यानो हुँदै आएको छ,’ उनले भने, ‘हिउँ पग्लिनु, ग्लेसियर पछाडि हट्नु, खडेरी बढ्नु, अनिश्चित वर्षा, बाढीपहिरो आदिले समेत सावधानीको संकेत गरिरहेका छन् ।’
 

salt training

कमेन्ट गर्नुहोस्