१२ साउन २०८३, मंगलबार

माथिल्लो तामाकोशीको फोटो शेयर गर्दै चिनियाँ मिडियाले लेख्यो यस्तो...

माथिल्लो तामाकोशीको फोटो शेयर गर्दै चिनियाँ मिडियाले लेख्यो यस्तो...
तस्वीर सौजन्य : पिपुल्स डेली चाइना

नेपालको सबैभन्दा ठूलो माथिल्लो तामाकोशी जलविद्युत आयोजना पूर्ण रुपमा सञ्चालनमा आइसकेको छ ।

नेपालको विद्युत विकासमा ‘कोशेढुंगा’ सावित भएको यो आयोजना चिनियाँ ठेकेदारले काम गरेको थियो । 

आयोजना पूर्ण रुपमा सञ्चालनमा आएपश्चात चीनका सञ्चारमाध्यमहरूले समेत यसमा खुशी व्यक्त गरेका छन् ।

चीनको चर्चित सञ्चारमाध्यम पिपुल्स डेली चाइनाले एक ट्वीट गर्दै  ४ सय ५६ मेगावाटको यस आयोजनाले प्रभावकारी रूपमा नेपालको विद्युत खाडल पूर्ति गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएको छ ।

आयोजना ६ जेनेरेटर युनिट रहेको यस आयोजना पूर्ण रूपमा सञ्चालनमा आएसँगै यसले आन्तरिक अर्थतन्त्रलाई समेत बढावा दिने सो सञ्चारमाध्यमले उल्लेख गरेको छ ।

सो मिडियाले ट्वीटमा लेखेको छ, 'यसले प्रभावकारी रूपमा देशको विद्युत् खाडल पूर्ति गर्न र आन्तरिक अर्थतन्त्रलाई बढावा दिनेछ।'


 

salt training

कमेन्ट गर्नुहोस्