०५ साउन २०८३, मंगलबार

एलजीले शुरू गर्‍यो ‘नयाँ वर्ष बाडौँ हर्ष’ अभियान, ग्राहकलाई छुटै छुट

एलजीले शुरू गर्‍यो ‘नयाँ वर्ष बाडौँ हर्ष’ अभियान, ग्राहकलाई छुटै छुट

नेपालमा एलजीका उत्पादनहरुको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सले एलजीको नयाँ वर्ष अभियान ‘यो नयाँ बर्ष, बाडौँ हष’ सार्वजनिक गरेको छ । 

यस योजना अन्तर्गत ग्राहकहरुले एलजी होम इन्टरटेनमेन्ट र एलजी होम एप्लायन्सका उत्पादनहरु खरिद गर्दा आकर्षक नगद छुट वा निश्चित उपहारहरु प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले यो अफर फागुन ९ गते देखि सीमित अवधिका लागि नेपालअधिराज्य भरि लागु हुने कम्पनीले जनाएको छ ।

ग्राहकहरुले एलजी ओएलईडी टिभी, एलजी यूएचडी टिभी, एक्सबूम सेरिज्, भ्याकुम क्लिनर तथा सिंगल डोर रेफ्रिजेरेटरको खरिदमा आकर्षक नगद छुट जित्न सक्नेछन् ।

ग्राहकहरुले साइड बाइ साइड र फ्रेन्च डोर फ्रिज खरिद गर्दा निश्चित रुपमा निःशुल्क एयर फ्राइर वा ह्युमिडिफायर प्राप्त गर्न सक्छन् ।

त्यसैगरी, डबल डोर रेफ्रिजरेटर किन्दा उपहार सेट वा ह्यान्ड ब्लेन्डर, माइक्रोवेभ ओभन किन्दा एमडब्ल्यूओ कुकिंग किट, फ्रन्ट लोड वाशिङ मेसिन ( ९ केजी र माथि ) किन्दा इन्डक्सन कूकर वा नुट्रिब्लेन्डर,  फ्रन्ट लोड वाशिङ मेसिन (८ केजी ) किन्दा एरियल म्याटिक डिटर्जेन्ट (६ केजी ) पाउनेछन् ।

टप लोड/ट्विन टब वासिङ मेसिनको खरिदमा आइरन र डिशवासरको खरिदमा डिशवासर ट्याब्लेट प्राप्त गर्न सक्नेछन् ।    

यो अभियानले क्यासेट र स्प्लिट एसी र फ्लोर स्ट्यान्डिङ एसी खरिद गर्दा ४ हजार रुपैयाँको निःशुल्क जडान उपलब्ध गराउँछ । त्यस्तै, ग्राहकले पीएम १.० एयर प्युरिफायर गर्दा निःशुल्क एयर फ्रायर प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्