
नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको तदर्थ कार्यसमितिका अध्यक्षमा क्रमशः काठमाडौंका दुजाङ शेर्पा र पर्वतका विद्वान गुरुङलाई नियुक्त गरेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले दुवै भातृ संगठनका रिक्त रहेका अध्यक्ष पदमा पार्टी विधानको धारा ४२(१)(च) बमोजिम नियुक्त गरेका हुन् ।
पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै नियुक्तिबारे जानकारी दिएका छन् ।
विज्ञप्तिमा उल्लेख छ, ‘तदर्थ कार्यसमितिले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले ३ महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गरिसक्नुपर्नेछ ।’
