१७ असार २०८३, बुधबार

चितवन कांग्रेसले भनेर केही हुँदैन, माथिबाटै गठबन्धन हुन्छ : प्रचण्ड

चितवन कांग्रेसले भनेर केही हुँदैन, माथिबाटै गठबन्धन हुन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ३ वटै निर्वाचनमा गठबन्धन हुने बताएका छन् ।

भरतपुर विमानस्थलमा बिहीवार पत्रकारसँग कुराकानी गर्दै उनले चुनावमा गठबन्धन हुने बताएका छन् ।

प्रचण्डले स्थानीय, प्रदेश र संघीय निर्वाचनमा सरकारमा रहेका दलहरू बीचमा गठबन्धन हुने बताए । उनले भने, ‘गठबन्धन त भइरहेकै छ नि ! गठबन्धन टुट्दैन, अहिलेकै गठबन्धन स्थानीय मात्र होइन, प्रादेशिक र संघीय निर्वाचनसम्म पनि रहन्छ ।’ 

नेपाली कांग्रेस चितवनका केन्द्र र जिल्लास्तरका नेताहरूले भरतपुरमा प्रमुखको दाबी नछाड्ने बताउँदै आएका छन् । सोही सम्बन्धमा सोधिएको प्रश्नमा दाहालले भने, ‘चितवन कांग्रेसले भनेर केही हुँदैन, कांग्रेसले एक्लै लड्छौं भनेको छैन, केही मान्छेले मात्रै भनेका हुन् ।’

भरतपुर महानगरपालिकामा उनकी छोरी रेनु दाहाल प्रमुख छिन् । यसअघि नेपाली कांग्रेससँगको तालमेलमा उनी निर्वाचित भएकी हुन् । माओवादी केन्द्रले गठबन्धन हुँदा भरतपुर आफ्नो भागमा पर्ने र दाहाललाई दोहोर्‍याउने जनाउँदै आएको छ ।

जिल्लास्तरमा कांग्रेसले भने गठबन्धन हुँदा भरतपुर महानगरमा आफ्नो उम्मेदवार हुनुपर्ने जनाउँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्